मनसुनी विपद्ले एक सय ९३ जनाको मृत्यु, ४९ जना बेपत्ता

मनसुनी विपद्ले एक सय ९३ जनाको मृत्यु, ४९ जना बेपत्ता
फाइल तस्बिर

काठमाडौं : मनसुनी वर्षा सुरु भएदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म एक सय ९३ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जनाको मृत्यु भएको छ।

यस्तै, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना घाइते भएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४१ जना घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १४ जनाको उद्दार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना बेपत्ता भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

बाढीको कारण तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय ३३ वटा घर, एक सय १६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

कुल ८ सय ७० वटा पशुचौपाया मर्दा विपद्का घटनाबाट ४ हजार ८ सय ४२ परिवार विस्थापित भएका छन्।

भदौ ४, २०८१ बुधबार ०७:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।