गुड नाइट न्युज : मनै आनन्दित बनाउने पाँच तस्बिर

गुड नाइट न्युज : मनै आनन्दित बनाउने पाँच तस्बिर

फर्कदै तिर्थयात्री : समुद्री सतहदेखि चार हजार ८०० मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित दामोदरकुण्डमा पुगेर घोडामा फर्किदै गरेका तीर्थयात्री। समुन्द्री सतहदेखि पाँच हजार ५०० मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्डमा जनैपूर्णिमा र चैतेदसैँका दिन पूजाआजा र स्नानका लागि यहाँ भक्तजन आउने गर्छन्।

धान खेतको रमाइलो : सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरममा देखिएका हरियाली धानखेत फाँट । यस वर्ष समयमा वर्षा भएको हुनाले धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।

जाल र तालको संयोजन : कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्जका स्थानीय महिलाहरु जालको सहायताले दोदा नदीमा माछा मार्दै

ढुङ्गे बगैँचा :  हलेसी तुवाचुङ नगरपालिकास्थित ककनीडाँडामा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचाको रमणीय दृश्य । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा धार्मिकस्थल हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा निर्माणको काम थालिएको हो । 

आहा ताला : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ। 

र, अन्त्यमा

 समावेशी गाइजात्रा : नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ । 

भदौ ३, २०८१ मंगलबार २३:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।