कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै कृषि मन्त्रालय

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै कृषि मन्त्रालय

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठुलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताए।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दे उनले कृषि मन्त्रालयले पछिल्लो पाँच-सात वर्षमा अर्बौँ रुपैयाँ अनुदान दिए देखिएको र ती सबै विवरण सार्वजनिक गर्न निर्देशन दिएको र केही दिनमा सार्वजनिक गर्ने उनले बताए।

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उनले दुग्ध किसानको बक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताए। मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड  दुग्ध किसानको हातमा गइसकेको बताए।

डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उनले बाँकी रकम निकासका लागि प्रयास भइरहेको बताए। उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कने भन्दै उनले रकम निकासका लागि प्रयास गरिरहेको बताए। 

भदौ ३, २०८१ मंगलबार २३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।