इजरायलको क्रूरता : गाजाको विद्यालयमा इजरायली आक्रमणमा १२ जनाको मृत्यु

इजरायलको क्रूरता : गाजाको विद्यालयमा इजरायली आक्रमणमा १२ जनाको मृत्यु

एजेन्सी : गाजाको नागरिक सुरक्षा विभागले आश्रय शिविरको रूपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायलले गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ।इजरायली सेनाले भने हमासको कमाण्ड सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ।

‘हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ’, विभागका प्रवक्ता महमुद बस्सालले बताए।

गाजापट्टीमा जारी इजरायल–हमास युद्धकाबीच हजारौँ विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उनले बताए।

इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘ कमान्ड–एन्ड–कन्ट्रोल’को रूपमा प्रयोग गरिरहेको र कमान्ड सेन्टर लक्षित आक्रमण गरेको दाबी गरेको छ।

‘हमास लडाकु समूहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरको रूपमा प्रयोग गरिरहेका थिए’, सेनाले विज्ञप्तिमा दाबी गरेको छ।    

एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरू बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ।    

हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमान्ड सेन्टरको रूपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ। 

भदौ ३, २०८१ मंगलबार २३:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।