विश्व दिनभर, सात रोचक तस्बिरका साथ : मलेसियाली प्रधानमन्त्री अनवरलाई अँगालो मार्न हतारिएका मोदीदेखि डेनमार्ककी रानी मेरीको क्रेजसम्म

विश्व दिनभर, सात रोचक तस्बिरका साथ :  मलेसियाली प्रधानमन्त्री अनवरलाई अँगालो मार्न हतारिएका मोदीदेखि डेनमार्ककी रानी मेरीको क्रेजसम्म
अङ्गालोको हतारो : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतको राष्ट्रपति भवनमा मलेसियाका प्रधानमन्त्री आनवर इब्राहिमको औपचारिक स्वागतको क्रममा अङ्कमालको पोजमा।

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरे। बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो मार्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभकामना दिए।

सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको उनले बताए। सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकले तालीको गडगडाहतसहित स्वागत गरेका थिए

मंगलबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम भारतको भ्रमणमा आए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनीबिच हैदरावाद हाउसमा भएको भेटका क्रममा भारत र मलेसियाबीच साझेदारीका विभिन्न क्षेत्रमा संलग्नतालाई अझ प्रगाढ बनाउन दुई नेताबीच छलफल भयो। इब्राहिम मलेसियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका हुन्

उता गाजा युद्धविरामका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सक्रिय छन्। उनी वार्ताका लागि मङ्गलबार इजिप्ट गए। सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जानेछन्। कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ ।

विश्वका बाँकी घटनाहरू रोचक सात  तस्बिरसहित :

बिदाइ समारोह : अमेरिकी राष्ट्रपति जो बाइडन र अमेरिकी उपराष्ट्रपति तथा 2024 को डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस, इलिनोइसको सिकागोमा रहेको युनाइटेड सेन्टरमा भएको डेमोक्रेटिक नेशनल कन्भेन्सन (डीएनसी)को पहिलो दिन सम्बोधनपछि एक अर्कालाई अँगालो मार्दै।

राजतन्त्रको क्रेज : डेनमार्कका रानी मेरीले मंगलबार राजा फ्रेडेरिकसँग एरोको भ्रमणका क्रममा स्वागतमा भेला भएका प्रशंसकहरूलाई अभिवादन गर्दै।

शान्तिको प्रयास : अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन मिस्रका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीसँग मिस्रको एल-अलामेनमा भेट गर्दै।

बर्फको शहरको आकर्षण : पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा सोङ्हुआ नदीको पुलमा गाडीहरू चलिरहेको दृश्य। "बर्फको शहर" को रूपमा चिनिने हार्बिन, यहाँको सक्रिय मौसम र विविध आकर्षणहरूका कारण ग्रीष्मकालमा समेत पर्यटकहरू आउने गरेका छन्।

सुपर ब्लु मुन : कोपेनहेगेनको कोङेकाजेनबाट अगस्ट १९ मा देखिएको सुपर ब्लु मुन। जब पूर्ण चन्द्रमा पृथ्वी नजिक पर्छ त्यो समयमा सुपरमुन (पूर्ण चन्द्रमा) देखिन्छ।

र, अन्त्यमा

सहयात्रा : स्ट्रेन्ज डार्लिङ चलचित्रका कलाकारद्वय बार्बरा हर्शी, बायाँ, र विला फिट्जगेरल्ड, चलचित्रको प्रीमियरमा सहभागी हुँदै।

भदौ ३, २०८१ मंगलबार २२:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।