विराटनगरको बाल सुधार गृहबाट भागेका २ बालक कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा पुर्पक्षमा थिए

विराटनगरको बाल सुधार गृहबाट भागेका २ बालक कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा पुर्पक्षमा थिए

काठमाडौं : विराटनगरको बाल सुधार गृहबाट दुई बालक भागेका छन्। मंगलबार दिउँसो पर्खाल नाघेर भागेका उनीहरू कर्तव्य ज्यान तथा डाँका र जबर्जस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षमा थिए।

सुनसरीको कोसी गाउँपालिका–२ घर भएका एक बालक कर्तव्य ज्यान तथा डाँका र बराहक्षेत्र नगरपालिका–११ का अर्का बालक जबर्जस्ती करणी मुद्दामा पुर्पक्षमा थिए। 

उनीहरू कानुनी विवादमा जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका थिए। दुवैको उमेर १६ वर्ष छ।

भागेका दुवै जनाको खोजी तीव्र पारिएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले बताए। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उनीहरूको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। 

५० जनाको क्षमताको बाल सुधार गृहमा २३८ जना छन्। 

भदौ ३, २०८१ मंगलबार १९:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।