कांग्रेस-एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन : देउवा

कांग्रेस-एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधनको विषयमा कसैलाई शंका नगर्न आग्रह गरे। 

उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौं। त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरू पार्टीको खिलाप हुँदै होइन। यो सोच/विचार नै गरिएको सहमति हो।’

उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए। 

प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे। 

भदौ ३, २०८१ मंगलबार १८:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।