लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। 

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे। 

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा सहभागी सदस्यहरू मध्ये ७० जनाले पक्षमा मतदान गर्दा ११ जनाले विपक्षमा मतदान गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराए। 

आचार्य गत साउन ७ मा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

लुम्बिनीको प्रदेश सभामा ८७ जना सदस्य छन्। 

भदौ ३, २०८१ मंगलबार १७:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।