...त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले मनाउन थाले गाईजात्रा (तस्बिरहरू)

...त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले मनाउन थाले गाईजात्रा (तस्बिरहरू)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले यस बर्ष पनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाएका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट यस समूदायका व्यक्तिहरू भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि गौरव यात्रा गरे। 

गौरव यात्रामा सहभागी भई महिला तथा बालबालिकामन्त्री नवलकिशोर सुडीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हकअधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए। 

उनले भने, ‘यो समुदायको जुन अधिकार छ त्यो त्यसका लागि मैले जे जति सहयोग गर्नुपर्छ, त्यसका लागि सरकारकोतर्फबाट पुरा गर्ने आश्वासन दिन चाहन्छु। अधिकारको लडाईमा सरकार साथमा छ।’

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले आफ्नो समुदायको व्यक्तिहरू दिवङ्गतहुँदासम्म उनीहरूको परिवारहरूले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गतहुँदा श्रद्धासुमनस्वरुप घरबाट गाईजात्रा निकालेजस्तै आफ्नो समुदायको दिवङ्गतहरुको श्रद्धा सुमनको लागि गाईजात्रा मनाउन सुरू गरेको जानकारी दिइन्। 

उनले भनिन्, ‘समुदायको साथीहरू धेरै दिवङ्गत हुनुभयो। तर, उहाँहरूको आफ्नै परिवारले पनि दाहसंस्कार गर्न मान्नुभएन। त्यसैले नेपालमा नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गतहुँदा श्रद्धासुमनस्वरुप घरबाट गाईजात्रा निकाल्नुहुन्छ, त्यसरी समुदायका साथीहरू धेरै दिवङ्गत भएपछि समुदायले नसझिएपछि संस्थाले सम्झनुपर्छ भनेर गाईजात्रा मनाउन थालेका हौं।’

गौरव यात्रा वसन्तपुर डबलीमा दिवङ्गत व्यक्ति र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन भएको छ। 

गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरू उपस्थित भएका थिए। 

भदौ ३, २०८१ मंगलबार १६:४०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।