अमेरिकी राष्ट्रपतिको चुनाव जिते ट्रम्पले एलन मास्कलाई मन्त्री बनाउने

अमेरिकी राष्ट्रपतिको चुनाव जिते ट्रम्पले एलन मास्कलाई मन्त्री बनाउने

एजेन्सी : अमेरिकी राष्ट्रपतिय चुनावमा उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले निर्वाचन जिते आफ्नो सरकारमा टेस्ला कम्पनीका मालिक अर्बपति व्यवसायी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन्।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पले मस्क वौद्धिक व्यक्ति रहेको भन्दै त्यस्तो व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा समेट्ने घोषणा गरे। 

ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइनेछ। 

तर, नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ। यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ। 

‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए।

मस्कले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पको अन्तवार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो। 

मस्कले भने यस विषयमा ट्रम्पसँग कुनै कुराकानी नभएको जिकिर गरे। 

द वासिङ्टन पोष्टका अनुसार मस्कले यसअघि सन् २०२० को चुनावमा राष्ट्रपति जो बाइडेनलाई समर्थन गरेको बताएका थिए।

नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले कमला ह्यारिसको सामना गर्दैछन्। 

भदौ ३, २०८१ मंगलबार १५:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।