रास्वपाको केन्द्रीय समिति बैठक भोलि, यस्ता छन् एजेन्डा

रास्वपाको केन्द्रीय समिति बैठक भोलि, यस्ता छन् एजेन्डा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो।

बैठकमा पार्टीले राजधानीमा गर्ने भनेको राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, संगठन निर्माण सम्बन्धी कार्यविधीबारे छलफल हुने पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए। 

त्यस्तै, बैठकमा रास्वपाले सातवटै प्रदेशको क्लोज क्याम्पको प्रतिवेदन र उपलब्धिबारे छलफल गरिने छ। 

स्थानीय तह उपनिर्वाचन र संविधान दिवसको कार्यक्रम लगायतका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

भदौ ३, २०८१ मंगलबार १४:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।