भारी वर्षाका कारण पाकिस्तानमा १९ जनाको मृत्यु

भारी वर्षाका कारण पाकिस्तानमा १९ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ।

मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएको  प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)लाई उद्धृत गर्दै डनन्यूजले जनाएको छ।

वर्षाका कारणा तीन हजार भन्दा बढी मानिस प्रभावित भएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार जुलाई-१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन्।

यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन्।

भदौ ३, २०८१ मंगलबार १३:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।