विदाई भाषणमा भावुक बने बाइडेन, आउनेबित्तिकै छोरी अंगाल्दै भने- ‘अमेरिका, आई लभ यू’

विदाई भाषणमा भावुक बने बाइडेन, आउनेबित्तिकै छोरी अंगाल्दै भने- ‘अमेरिका, आई लभ यू’

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार विदाई भाषण दिए। स्टेजमा आएपछि भावुक भइका उनले पहिले आफ्नी छोरी एश्ले बाइडेनलाई अंगाले।

सम्बोधनका क्रममा उनले आफ्नो हरेक काममा उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडे। उनले धेरै पटक ह्यारिसको प्रशंसा गरेको देखियो। बिडेनले त्यहाँ उपस्थित भीडलाई धन्यवाद दिँदै उनले भने, ‘अमेरिका, आई लभ यू।’

कार्यक्रममा ट्रम्पको बारेमा टिप्पणी गर्दै बाइडेनले उनलाई लोकतन्त्रका लागि खतरा भनेका छन्। उनले जनवरी ६, २०२१  मा भएको क्यापिटल हिल हिंसाको प्रसङ्ग पनि कोट्याए।

‘अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन’, उनले भने, ‘त्यस दिन (क्यापिटल हिल हिंसाको दिन) हामीले देशको रूपमा रहेको लगभग सबै कुरा गुमायौँ। त्यो धम्की आज पनि कायम छ। उनले (ट्रम्प) हार्यो भने रक्तपात गर्ने भनिसकेका छन्। उनी पहिलो दिनदेखि नै नाताशाह हुनेछन्।’

त्यस क्रममा उनले आफ्ना चार वर्षे उपलब्धिहरूबारे बताउँदै कमला ह्यारिससँग मिलेर यो काम गरेको बताए।

आफूले मध्यम वर्गका लागि काम गरेको दाबी गर्दै उनले कोभिड १९ महामारीको समयमा ‘विश्वको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण’ गर्न काम गरिएको बताए।

यस्तै उनले अमेरिकामा बन्दुक प्रहारबाट धेरै बालबालिका मारिने भएकाले कमला र आफूले बन्दुकसम्बन्धी कानुन पारित गर्न पाउँदा गर्व लागेको बताए। उनले अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको समेत उल्लेख गरे।

उनले आफ्नो पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको बताए। उनले यस विषयमा आन्दोलन गरिरहेका मानिसहरूको कुरामा पनि दम भएको बताए।

बाइडेनले गाजामा मानिसहरूको मृत्यु स्वीकार्दै भने, ‘दुवै पक्षबाट धेरै निर्दोष मानिस मारिएका छन्।’

भदौ ३, २०८१ मंगलबार १३:१७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।