सामोआका ड्यारियस भिसले तोडे टी-२० का कैयन रेकर्ड, एकै ओभरमा बनाए ३९ रन

सामोआका ड्यारियस भिसले तोडे टी-२० का कैयन रेकर्ड, एकै ओभरमा बनाए ३९ रन

एजेन्सी : सामोआका ब्याट्सम्यान ड्यारियस भिसेले भानुआटुविरुद्धको टी-२० विश्वकपको पूर्वी एसिया-प्यासिफिक क्षेत्र छनोटको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ३९ रन जोडेका छन्।

यो टी-२० अन्तर्राष्ट्रिय इतिहासमा एक ओभरमा बनाइएको सबैभन्दा धेरै रन हो। योसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा यसअघि पाँच पटकसम्म ३६ रन बनाइएको रेकर्ड थियो। उनले त्यो रेकर्ड समेत तोडेका छन्।

यो कीर्तिमान सामोआको इनिङ्सको १५औं ओभरमा बनेको थियो। जसमा तीन नो बल पनि समावेश थिए। यो ओभर नलिन निपिकोले गरेका थिए।

आफ्नो पहिलो तीन बलमा भिसेले डिप मिड विकेटमा छक्का प्रहार गरे भने लगत्तै निपिकोले फ्रन्टफुट नो बल गरे। पाएको फ्री हिटमा विसेले लेग साइडमा छक्का प्रहार गरे। तर, यसको अर्को बल डट भएको थियो।

तर यसपछि निपिकोले हाइटमा नो बल फ्याकेँ, जसलाई भिसेले फाइन लेगमा पुल गरे। ओभरको अन्तिम बल अफ स्टम्प बाहिर लो फुल टस थियो, जसलाई विसेले स्क्वायर लेग माथिबाट हानेका थिए।

यसअघि टी-२० अन्तर्राष्ट्रियको इतिहासमा पाँच पटक कुनै टोलीले एकै ओभरमा ३६ रन बनाएको थियो। २००७ मा भारतका युवराज सिंह इंग्ल्याण्डका स्टुअर्ट ब्रोडको एक ओभरमा छ छक्का प्रहार गरी यो उपलब्धि हासिल गर्ने पहिलो ब्याट्सम्यान बनेका थिए।

यसपछि वेस्ट इन्डिजका केरोन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का र नेपालका दीपेन्द्र सिंह ऐरीले पनि २०२४ मा कतारविरुद्ध एक ओभरमा ६ छक्का प्रहार गरेका थिए।

अन्य दुई अवसरमा भने एउटै ओभरमा ६ छक्का प्रहार भएनन्। तर, अतिरिक्त बलको मद्दतले टोलीको स्कोर एक ओभरमा ३६ रन भएको थियो। यो रेकर्ड वेस्ट इन्डिजको इनिङ्समा निकोलस पूरनले टी-२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दा बनाएका थिए। यस्तै २०२४ मा भारतीय कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध मिलेर यो कीर्तिमान बनाएका थिए।

सामोआका लागि टी-२० मा शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भिसे बनेका छन्। उनले आफ्नो पारीमा १४ छक्का प्रहार गरे जुन एक इनिङमा ब्याट्सम्यानले सर्वाधिक छक्का प्रहार गर्नेको सूचीमा पाँचौं स्थानमा छ।

भिसेले टिमको कुल १७४ रन मध्ये १३२ रन बनाए, जुन टी-२० इनिङ्समा टिमको रनको तुलनामा ब्याट्सम्यानले बनाएको रनको उच्चतम प्रतिशत हो। सामोआको कुल रनको ७५.८६ प्रतिशत भिसेले बनाए। यसअघि यो रेकर्ड आरोन फिन्च (७५.१%) को नाममा थियो।

सामोआले खेल १० रनले जित्यो। बलिङमा समेत भिसेले पनि एक विकेट लिए।

भदौ ३, २०८१ मंगलबार १२:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।