फ्युचरामा : नेपालमा नयाँ पुस्तालाई प्रेरित गर्ने रूपान्तरणकारी प्रविधि प्रदर्शनी

फ्युचरामा : नेपालमा नयाँ पुस्तालाई प्रेरित गर्ने रूपान्तरणकारी प्रविधि प्रदर्शनी

काठमाडौं : इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न तीन दिने प्रविधि महोत्सव 'फ्युचरामा' सम्पन्न गरेको छ।

१४ देखि १६ अगस्टसम्म सञ्चालनमा रहेको कार्यक्रमको उद्देश्य भने सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै, उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु थियो।

कार्यक्रममा एआई गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो।

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेशनका अनुभवहरू समावेश गरिएको थियो।

‘फ्युचरामा’ले अन्तरक्रियात्मक बूथहरू, प्रत्यक्ष प्रदर्शनीहरू, र ज्ञानवर्धक कार्यशालाहरू मार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो। यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ।

कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको थियो।

‘प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ। आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य राखेको छ’, आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताए।

प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्यूजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो। आयोजकहरूले यो तिन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक, र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरेको जानकारी दिएका छन्। ३ दिनमा २५०० बढि सहभागिहरूले प्रदर्शनिमा उपस्थिति जनायका छन्।

विशेष रूपमा यो ऐतिहासिक कार्यक्रम यस महिना भरि नेपालका विभिन्न स्थानहरूमा आयोजित हुने रहेको छ, जसले रचनात्मकता, सहयोग र जानकारी साझेदारीलाई प्रोत्साहित गर्नेछ।

आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ विद्यार्थीहरूले प्राविधिक कार्यक्रमलाई उत्साहका साथ अँगालेका थिए, यसले उनीहरूको सिक्ने जोशलाई जोड दिए।

भदौ ४, २०८१ मंगलबार ११:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।