ईपीएलमा टोटनहम र लेस्टर सिटी बराबरीमा रोकिए
काठमाडौं : ३३औं संस्करणको इंग्लिस प्रिमियर लिग (ईपीएल)मा टोटनहम र लेस्टर सिटीसँग बराबरीमा राेकिएका छन्।
घरेलु मैदान किंग पावर स्टेडियममा मंगलबार भएको खेल लेस्टर सिटी र टोटनहम १-१ को बराबरीमा रोकिएका हुन्।
टोटनहमका लागि खेलको २९औं मिनेटमा पेड्रो पोरोले गोल गरेर टोलीलाई अग्रता दिलाउँदा ५७औं मिनेटमा लेस्टरका सिटीका जेमी भार्डेले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन। खेल बराबरी भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्।
लिगको एक चरणको खेल सकिँदा ८ क्लबले समान ३ अंक जोडेका छन्। गोल अन्तरका आधारमा ब्राइटन शीर्षस्थानमा छ।
भदौ ३, २०८१ मंगलबार १०:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।