लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन्।

प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यद्यपि पाँच अन्य साना दलहरूले सरकारलाई समर्थन गर्ने जनाइसकेका छन्। ११ दल क्रियाशील रहेको प्रदेशमा ८७ सांसद रहेकोमा बहुमतको लागि ४४ सांसद संख्या आवश्यक पर्दछ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने जनाएका छन्। अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच, कांग्रेसबाट चार मन्त्री रहेका छन्।

१२ सदस्यीय मन्त्रीमण्डलमा तीन मन्त्री मात्र चयन हुन बाँकी छ।

भदौ ३, २०८१ मंगलबार ०९:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।