मोटरसाइकलले ठक्कर दिँदा बोलेरो मुनि परेर बुटवलमा एक जनाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा बोलेरो मुनि परेर बुटवलमा एक जनाको मृत्यु

बुटवल : बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

श्रेष्ठ मुर्गिया बाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै थिइन्। बुटवल १२ शान्ति चोकमा आउँदा उनलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।

त्यसपछि उनको स्कुटर बदेलपोखरीबाट मुख्य राजमार्ग तर्फ आउँदै गरेको लु १ च ६७८३ नम्बरको बलेरो जीपसँग ठोकिएको थियो।

बलेरो मुनि परेकी उनलाई उपचारका लागि अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाले स्कुटरलाई ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको बताए।

भदौ ३, २०८१ मंगलबार ०८:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।