जेलमा रहेका इमरान खानद्वारा अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन

जेलमा रहेका इमरान खानद्वारा अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन

एजेन्सी : एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन्।

खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्।

उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि आफ्नो आवेदन फारम बुझाएको बताए।

यसैबीच, अक्सफोर्ड विश्वविद्यालयले भने यसबारेमा केही बताएको छैन। विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ। भोटिङ अक्टोबर २८ मा अनलाइनमार्फत हुनेछ।

इमरान खानलाई व्यक्तिगत फाइदाका लागि गैरकानूनी रूपमा सरकारी उपहार बेचेको लगायतका आरोप लगाइएको छ।

इमरान खानले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन्।

संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानको नजरबन्द मनोमानी भएको बताएको थियो।

भदौ ३, २०८१ मंगलबार ०८:४९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।