विश्व दिनभर, ६ तस्बिरमा : युद्धको तनावमा पनि मस्त राष्ट्रपतिदेखि कराँचीमा बाढीको कहरसम्म

ला… गोल पो भयो : फ्रान्सको रोआजोन पार्क स्टेडियममा रेनेस र लियोनको बिचको फ्रान्सेली लिग वन फुटबल खेलमा रेनेसका हेनरिक मेस्टरले आफ्नो पक्षको तेस्रो गोल गरेपछि लियोनको गोलकिपर लुकास पेरीले गोल हुँदै गरेको बल हेर्दै।

एजेन्सी : अमेरिकामा राष्ट्रपतिको निर्वाचनको प्रचारकोक्रम जारी छ। उता इजरायल प्यालेस्टिनी द्वन्द्व उस्तै छ। रुस र युक्रेनको युद्ध रोकिएको छैन। तनावकाबीच सोमबार रुसी राष्ट्रपति अजरबैजानको भ्रमणमा गए।

अस्पतालमै महिला चिकित्सकको बलात्कार र हत्याको घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनरत छन् नै। सोमबार कानुन व्यवसायीहरू पनि सडकमा उत्रिए। यी नै घटनाक्रमकाबीचमा विश्वभरका राजनीतिदेखि मौसमसम्मको अवस्था जनाउने ६ तस्बिर :

आजको प्रारम्भ गरौँ पूर्णिमाको तस्विरबाट।

पूर्ण जुन : पूर्णिमाको अवसरमा इन्डोनेसियाको जकार्ताबाट देखिएको जुनको पूर्णकार।

बलात्कारविरुद्धको आक्रोश :  भारतको कोलकातामा एक चिकित्सकको बलात्कार र हत्याको निन्दा गर्दै विरोधमा सोमबार कलकत्ता उच्च अदालतका अधिवक्ताहरू सडकमा उत्रिए। उनीहरूले बलात्कारी विरुद्ध हातमा पोस्टरहरू समातेका थिए। अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको निरन्तर विरोध हुँदै आएको छ।

तनावमा पनि मस्त राष्ट्रपति : युक्रेनी सेना निरन्तर रुसी क्षेत्रमा प्रवेश गरेर सामरिक दृष्टिकोणले महत्त्वपूर्ण पुल उडाइरहेका छन्। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने अजरबैजानको भ्रमणमा छन्। बाकुमा भएको बैठकमा उनले सोमबार अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँग भेटेर संवाद गरेका छन्।

कराँचीमा बाढीको कहर : कराँचीमा परेको अविरल वर्षाका कारण सहरी क्षेत्रमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनायो। उता बलुचिस्तान प्रान्तको जाफराबाद जिल्लाको सोहबतपुरमा पनि भारी मनसुनी वर्षापछि बाढी आउँदा स्थानीयको घर डुबेपछि सामान सुरक्षित स्थानतर्फ लग्दै स्थानीय।

र, अन्त्यमा

अस्ट्रेलियाको सिड्नीको औबर्न बोटानिक गार्डेनमा चेरी ब्लासम फेस्टिभल २०२४ मा चेरी फूलहरूको आनन्द लिइरहेका आगन्तुकहरू।

भदौ ३, २०८१ सोमबार २२:२१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।