कारागारका कैदीबन्दीलाई खल्लो नहोस् भनेर बाँधिइयो रक्षाबन्धन

कारागारका कैदीबन्दीलाई खल्लो नहोस् भनेर बाँधिइयो रक्षाबन्धन
फाइल

काठमाडौं : बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले तनहुँको दमौली कारागारमा रहेका कैदीबन्दीलाई जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन लगाइदिएको छ।

दमौली शाखाकी सञ्चालिका बह्माकुमारी यमुनालगायतले त्यहाका कैदीबन्दीलाई रक्षाबन्धन बाँधिदिइन्। 

कारागारका महिला र पुरुष दुवैलाई रक्षाबन्धन अवसर प्रदान गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

उनका अनुसार रक्षाबन्धन मनाउन नपाएर खल्लो नहोस् भन्नको लागि इच्छुक सबैका लागि रक्षाबन्धन अवसर प्रदान गरिएको हो। 

कारागारमा हाल २७ महिला र पुरुष तीन सय २६ जना कैदीबन्दी छन्।  

भदौ २, २०८१ सोमबार १९:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।