६ महिनाको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिए अभिनेत्री अरुणिमा र कांग्रेस नेता श्रेष्ठ

६ महिनाको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिए अभिनेत्री अरुणिमा र कांग्रेस नेता श्रेष्ठ

काठमाडौं : अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग लगनगाठो कसेकी छन्। सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे।

यी दुईले आफूहरूको ६ महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको श्रेष्ठले बताए।  

केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका छन्। सोमबार भने धार्मिक विधिअनुसार निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरे गरेका हुन्। 

श्रेष्ठ नेपाली कांग्रेस सुनसरीस्थित बराहक्षेत्र नगरसमितिका उपसभापति हुन्। बराहक्षेत्र, चतरा घर भएका उनी व्यवसायीसमेत हुन्। 

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो।  

भदौ ३, २०८१ सोमबार १९:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।