पहिरोले इन्द्रावती नदीको बहाव क्षेत्र थुनियो, मेलम्चीसहितका क्षेत्रवासीलाई सतर्क हुन स्थानीय प्रशासनको आग्रह

पहिरोले इन्द्रावती नदीको बहाव क्षेत्र थुनियो, मेलम्चीसहितका क्षेत्रवासीलाई सतर्क हुन स्थानीय प्रशासनको आग्रह

काठमाडौँ : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पताल नजिकै गएको सुख्खा पहिरोका कारण  इन्द्रावती नदी आंशिक थुनिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा सुख्खा माटोसँगै ढुङ्गासहितको गेग्रान नदीमा खस्दा नदीको केही बहाव क्षेत्र थुनिएको हो।

प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोला थुनिएकाले एक्कासि बाढी आउन सक्ने जोखिम रहेको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७, ८ तथा मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।

भदौ २, २०८१ सोमबार १९:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।