कृष्ण ढुङ्गेलको पुस्तक ‘समयको नक्साबाहिर’ सार्वजनिक

कृष्ण ढुङ्गेलको पुस्तक ‘समयको नक्साबाहिर’ सार्वजनिक

काठमाडौं : लेखक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ। 

कालिकास्थानस्थित सर्वनाम थिएटरमा एक कार्यक्रम गरी लेखक ढुङ्गेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेजटर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गरे। 

पुस्तकबारे बोल्दै प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए।

'ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ। यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ। पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ', उनले भने। 

लेखक ढुङ्गेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए।

उनले भने, 'मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखें। आफैंलाई झल्न नसकिंदो रहेछ, र जे थियो त्यही लेखें। बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखें।'

भदौ २, २०८१ सोमबार १८:५४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।