भारतमा जनै र रक्षा बन्धनको क्रेज, पाँच तस्बिरमा

भारतमा जनै र रक्षा बन्धनको क्रेज, पाँच तस्बिरमा

काठमाडौँ : जनैपूर्णीमा तथा रक्षा बन्धन नेपालमा मात्र हैन भारतमा पनि उत्तिकै महत्वका साथ मनाइन्छ। भारतमा त अझ रक्षा बन्धनमा दिदी-बहिनीले दाजु-भाइलाई राखी बाँध्ने प्रचलन छ। नेपालको मधेससँगै राखीको चलन अहिले अन्य क्षेत्रमा समेत फैलिइसकेको छ।

बिहान नुहाएर चोखो भएर आफूले लगाइरहेको जनै फुकालेर नयाँ लगाउने प्रचलन समेत रहेको छ। व्रतबन्ध गरेका हिन्दु धर्मावलम्बीहरू अझ विशेष तागाधारीहरूले यो पर्व मनाउने गरेका छन्।

यही क्रममा भारतको स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानमका विद्यार्थीहरूले सोमबार, भारतको अहमदाबादमा रक्षा बन्धन पर्वको अवसरमा जनैको अनुष्ठान गरेका थिए।

अर्को तस्बिरमा अमृतसरबाट करिब ३५ किलोमिटर टाढा रहेको भारत-पाकिस्तान वाघा सीमा चौकीमा रक्षा बन्धनको अवसरमा त्यहाँका स्थानीय महिलाहरूले सीमा सुरक्षा बल (बीएसएफ) का जवानको नाडीमा पवित्र धागो बाँधेर उनको लामो आयुको कामना गरे।

भदौ २, २०८१ सोमबार १८:४९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।