विपद्मा परी अहिलेसम्म ४९ जना बेपत्ता, ३ सय ८४ घर डुबानमा

विपद्मा परी अहिलेसम्म ४९ जना बेपत्ता, ३ सय ८४ घर डुबानमा

काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ। 

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेशमा १२ जना, बागमतीमा २३ जना, गण्डकीमा ४५ जना, लुम्बिनीमा १८ जना, कर्णालीमा ५७ जना र सुदूरपश्चिममा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

काठमाडौं उपत्यकामा २८ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोमा परी कोशीमा २ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ४९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय ५२ वटा पशुचौपायको मृत्यु भएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएका छन्।

भदौ २, २०८१ सोमबार १८:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।