दूधकुण्डको मेला भर्न गएका ८३ वर्षीय जगतबहादुर लेक लागेर ढले, सेनाले गर्‍यो उद्धार

दूधकुण्डको मेला भर्न गएका ८३ वर्षीय जगतबहादुर लेक लागेर ढले, सेनाले गर्‍यो उद्धार
तस्बिर: सुवास दर्नाल/रासस

सोलुखुम्बु : लुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दूधकुण्ड मेलामा सहभागी हुन गएका काभ्रेका ८३  वर्षीय जगतबहादुर विष्ट लेक लागेर अलपत्र परे। लेक लागेर बिरामी भएपछि उनी सानो ओडारमा बसेका थिए।

तीर्थयात्रीलाई लेक लागेर अलपत्र परेको सूचना पाएपछि नेपाली सेनाको टोलीले उनलाई उद्धार गर्यो।  उनी समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाइमा पुगेपछि लेक लागेर बिरामी भएका थिए। ८३ वर्षीय विष्ट काभ्रे जिल्ला महादेवस्थानका स्थानीय हुन्।

भदौ ३, २०८१ सोमबार १८:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।