साफ यु–२० च्याम्पियनसिपमा भारतले भुटानलाई हरायो
काठमाडौँ : साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० ले पराजित गरेको हो।
भारतका लागि मोनिरूल मोल्लले गरेको गोल प्रतियोगिताको निर्णायक गोल बन्यो। उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए। भुटानले गोलको जवाफ फर्काउन सकेन।
प्रतियोगिताअन्तर्गत मङ्गलवार बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ। यस अगाडिको खेलमा नेपालले श्रीलङ्कालाई १-० को अन्तरले पराजित गरेको थियो।
भदौ २, २०८१ सोमबार १८:२८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।