बझाङ : टुमेडागाउँको पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम सरकारले प्रतिव्यक्ति एक लाख दिने

बझाङ : टुमेडागाउँको पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम सरकारले प्रतिव्यक्ति एक लाख दिने

काठमाडौं : बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेको छ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरे। 

यही भदौ २ को राति १ बजे परेको अविरल बर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी ५५ वर्षीय पत्नी काली धामी, २५ वर्षीय जेठी बुहारी गोल्की धामी, छ वर्षीय नातिनी आकृति धामी र तीन वर्षीय नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो।

मुख्यमन्त्री शाहले तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।  

भदौ ३, २०८१ सोमबार १७:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।