दुई कम्युनिष्ट प्रधानमन्त्री : ओलीले ग्रहण गरे रक्षाबन्धन, प्रचण्डले गरेनन्

दुई कम्युनिष्ट प्रधानमन्त्री : ओलीले ग्रहण गरे रक्षाबन्धन, प्रचण्डले गरेनन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरूबाट रक्षाबन्धन ग्रहण गरे। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ओली तथा उनका परिवारजनका अन्य सदस्यहरूले पनि रक्षाबन्धन ग्रहण गरे।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उल्लेख गरे।  

सामान्यतया कम्युनिष्ट नेताहरू धार्मिक गतिविधि गर्दैनन्। तर, कम्युनिष्ट पार्टीबाट एमालेबाट प्रधानमन्त्री बनेका ओलीले जनै(रक्षा)बन्धन ग्रहण गरेका छन्। 

'धर्मलाई अफिम' भन्ने नेपालका कम्युनिष्टहरूले बेलाबखत गर्दै आएको धार्मिक गतिविधिको आलोचनासमेत हुने गरेको छ।

यसअघि प्रधानमन्त्रीछँदा भारत भ्रमणका क्रममा पुष्पकमल दाहाल प्रचण्डले  मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका थिए। 

हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने त्यस मन्दिरमा दौरासुरुवालमाथि गेरुवस्त्र लगाएर विशेष पूजा अर्चना गरेका थिए। 

तथापि यसअघि पटकपटक प्रधानमन्त्री बनेका प्रचण्डले रक्षाबन्धन ग्रहण लगायतका धार्मिक गतिविधिमा प्रत्यक्ष सहभागिता भने जनाएका थिएनन्। 

भदौ २, २०८१ सोमबार १६:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।