वाईवाई-करेन्ट चाउचाउको ब्रान्ड द्वन्द्व : भ्रम फैलाइएको यशोदाको दाबी
काठमाडौँ : चाउचाउको बजारमा यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ र अर्को ब्रान्ड सिजी फुड्सको वाइवाइसँग ब्रान्डको द्वन्द्व चर्कँदै गएको छ। उस्तै र्यापिङको ट्रेडमार्क बनाएको विवाद विवादमा यी दुवै कम्पनी उद्योग विभागदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगिसकेका छन्। उच्चमा मुद्दा विचाराधीन छ।
सिजीले आफ्नो ट्रेडमार्कको नक्कल गरेको आरोप लगाउँदै आएको छ। ट्रेडमार्क विवादकैबीच यशोदा फुड्सले विभागले जारी गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गर्दै अदालतको मानहानि हुने गरी भ्रमपूर्ण प्रचार गरेको भन्दै विज्ञप्ति नै सार्वजनिक गरेको छ।
करेन्ट रेगुलरको ट्रेडमार्कका विषयमा विवादहुँदा सर्वोच्च अदालतबाट कानुन बमोजिम गर्नु भनेर आदेश आएकोमा करेन्टका सबै उत्पादनको विक्री र वितरणमा रोक लागेको भन्दै भ्रमपूर्ण प्रचार भएको यशोदा फुड्सको दाबी छ।
एक ब्रान्ड दर्ताको प्रक्रियाको क्रममा सिजीले उद्योग विभागमा निवेदन दिँदा यशोदाको पक्षमा निर्णय आएको र सो निर्णयविरुद्ध सिजी उच्च अदालत जाँदा विभागको निर्णय यथास्थितिमा राख्न आदेश भएको थियो।
यशोदा पुन उच्चको आदेशविरुद्ध सर्वोच्च अदालत गएको थियो। सर्वोच्चबाट साउन ३२ मा एक ट्रेडमार्कको हकमा कानुन बमोजिम गर्न भनेको र उच्च अदालतको आदेशको सम्मान गर्दै आफूहरूले यथास्थितिमा राख्न आदेश आएको ट्रेडमार्कको चाउचाउको उत्पादन नगरेको भन्दै विज्ञप्तिमा यशोदाले सबै उत्पादनमा रोक लगाएर र बजारबाट उत्पादन फिर्ता हुनुपर्ने भन्दै दुष्प्रचार भएको भन्दै उत्पादनका लागि अनुमति पाएका ट्रेडमार्कका प्रमाणहरू सार्वजनिक गरेको छ।
भदौ २, २०८१ सोमबार १५:०६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।