जाजरकोट : अस्थायी टहरामा बसेका भूकम्पपीडित परिवारका बुवाआमा र २ वर्षीय छोराको पहिरोमा पुरिएर मृत्यु

जाजरकोट : अस्थायी टहरामा बसेका भूकम्पपीडित परिवारका बुवाआमा र २ वर्षीय छोराको पहिरोमा पुरिएर मृत्यु

काठमाडौं : जाजरकोटको माझगाउँमा पहिरोमा परी एकै घरपरिवारका तीन जनाको मृत्यु भएको छ।

आज बिहान नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीय मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो। 

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए। । 

घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ।  

भदौ २, २०८१ सोमबार १५:०१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।