भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री आरजुको भेटवार्ता

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री आरजुको भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच सोमबार भेटवार्ता भएको छ।

दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।

भ्रमणबाट सदिऔं पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेको परराष्ट्रमन्त्री राणाले भेटपछि फेसबुकमा उल्लेख गरेकी छिन्।

भेटमा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा सुरेन्द्र थापा, परराष्ट्रका सहसचिब भृगु ढुंगाना, नेपाली दुताबासका इकोनोमिक काउन्सिलर दुरपदा सापकोटा लगायत सहभागी थिए।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम छ।

भदौ २, २०८१ सोमबार १४:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।