फिलिपिन्समा पनि देखियो ५३७ जनाको ज्यान लिइसकेको मंकीपक्स

फिलिपिन्समा पनि देखियो ५३७ जनाको ज्यान लिइसकेको मंकीपक्स

एजेन्सी : स्वीडेन र पाकिस्तानपछि मंकीपक्स भाइरस अब फिलिपिन्समा पनि देखा परेको छ।

सोमबार विहान मन्कीपक्सको संक्रमित फेला परेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। फिलिपिन्समा भेटिएको यो पहिलो केस हो। यसअघि डिसेम्बरमा पनि यो भाइरसको केस फेला परेको थियो।

फिलिपिन्सको स्वास्थ्य विभागले संक्रमित व्यक्ति आफ्नो देश बाहिर कतै नगएको जनाएको छ। बिरामीमा कुन भेरियन्ट फेला परेको हो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

यसअघि शुक्रबार (१६ अगस्ट) पाकिस्तानमा मंकीपक्सका तीनवटा केस फेला परेका थिए। तीनै जना बिरामी युएई गएर फर्किएका थिए।

यसैबीच, स्वीडेनमा बिहीबार (१५ अगस्ट) मान्कीपक्सको एक केस रिपोर्ट गरिएको थियो। यो अफ्रिकापछि पहिलो केस थियो। रिपोर्टका अनुसार बिरामीमा मन्कीपक्सको क्लेड १ भेरियन्ट फेला परेको थियो, जुन घातक संस्करण हो।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई अगस्ट १४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुई वर्षमा यो दोस्रो पटक यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो।

डब्लुएचओको प्रतिवेदन अनुसार यो वर्ष अहिलेसम्म विश्वमा मंकीपक्सबाट ५३७ जनाको मृत्यु भएको छ। कंगोमा यो रोगको प्रकोप देखिएको छ। छिमेकी राष्ट्रहरू पनि यसको सिकार भएका छन्।

भदौ २, २०८१ सोमबार १३:५७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।