सोलुखुम्बुमा बाढीले अवरुद्ध भएको नेपाल टेलिकमको मोवाइल सेवा पुनः सुरु

सोलुखुम्बुमा बाढीले अवरुद्ध भएको नेपाल टेलिकमको मोवाइल सेवा पुनः सुरु

काठमाडौं : सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा पुनः सुरु भएको छ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका-५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा पुनः सुरु भएको टेलिकमले जनाएको छ।

‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत् सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुङ्ग, पानी ट्यांकीका बिटीएस टावरहरू बन्द भएकोमा नेपाल टेलिकमले उक्त बिटीएस टावरहरू सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ’, टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ।

 

भदौ ३, २०८१ सोमबार १३:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।