जाजरकोटमा पहिरोले टहरो पुर्दा एकै घरमा तीन जनाको मृत्यु

जाजरकोटमा पहिरोले टहरो पुर्दा एकै घरमा तीन जनाको मृत्यु
फाइल तस्बिर

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नलगाड-२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्।

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए।

घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ।

भदौ २, २०८१ सोमबार १०:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।