एघारौं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा
काठमाडौं : एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४को ११औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ।
एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्ने कार्यतालिका अनुसार यस वर्ष पनि गरिएको हो।
प्रतियोगितामा विजयी भएको डिजाइनलाई उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ। कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरूले सहभागी भएका थिए।
प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम भइन् भने एक्मे इन्जिनियरिङ्ग कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन भए। उनीहरूले क्रमशः ७० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पाए।
यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौं इन्जिनियरिङ्ग कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका केवल लामाले पाए। उनीहरू जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे।
विजेताहरूलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए।
भदौ २, २०८१ सोमबार ०९:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।