विश्व दिनभर,पाँच तस्बिरमा : भारतमा फैलदैँ बलात्कार विरुद्धको आन्दोलनदेखि जर्मनीमा बियरको स्नानसम्म

विश्व दिनभर,पाँच तस्बिरमा : भारतमा फैलदैँ बलात्कार विरुद्धको आन्दोलनदेखि जर्मनीमा बियरको स्नानसम्म
फैलँदै आन्दोलन : सरकारी अस्पतालमा एक महिला चिकित्सकको बलात्कार र हत्याको घटनाको विरोधमा इलाहाबाद मेडिकल एसोसिएसन (एएमए) र एसआरएन अस्पतालका आवासीय चिकित्सकहरू मैनबत्तीसहित विरोध र्‍यालीमा सहभागी भए।

एजेन्सी : आइतबार इजरायल र लेबनानबीच आइतबार आक्रमणको गति बढ्यो। इजरायले गाजा क्षेत्रमा आक्रमणको क्रम पनि जारी नै राखेको छ। उता अमेरिकामा राष्ट्रपतीको चुनाव प्रचारको सरगर्मी बढ्दो छ। कमला ह्यारिस र डोनाल्ड ट्रम्पले आफ्नो प्रचारको गति बढाएका छन्।

भारतमा चिकित्सकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा सुरु भएको आन्दोलन कोलकाताबाट अन्य प्रदेशमा पनि पुगेको छ। इलाहाबादका चिकित्सकहरूले आइतबार मैनबत्ती जुलुस निकालेर न्यायको माग गरे।

उता थाइल्यान्डमा नयाँ प्रधानमन्त्रीको नियुक्तिको प्रक्रिया अगाडि बढिरहेका छन्। यी नै घटनाक्रमहरुकाबीच यहाँ विश्वका पाँच घटना तस्बिरसहित प्रस्तुत गरिएको छ।

शाही सम्मान : थाइल्यान्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले थाइल्यान्डको बैंककमा रहेको फेउ थाई पार्टीको मुख्यालयमा आयोजित एक समारोहमा राजा महा वजिरालोङकोर्नको तस्बिरलाई सम्मान गर्दै शाही अनुमोदन प्राप्त गरिन्। प्रतिनिधिसभाका महासचिव अर्पथ सुखानुन्थले आइतबार पाइतोङटार्न सिनावात्रालाई देशको प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए।

साहसी खेल : वार्षिक परम्परागत हाई डाइभिङ प्रतियोगितामा गजाकोवा सहर नजिकै एक प्रतियोगी २२ मिटर अग्लो "उरा ई शेन्जते" पुलबाट हाम फाल्दै।

फैलँदै आन्दोलन : सरकारी अस्पतालमा एक महिला चिकित्सकको बलात्कार र हत्याको घटनाको विरोधमा इलाहाबाद मेडिकल एसोसिएसन (एएमए) र एसआरएन अस्पतालका आवासीय चिकित्सकहरू मैनबत्तीसहित विरोध र्‍यालीमा सहभागी भए।

बियरको स्नान : फ्र्याङ्कफर्ट/मेन, जर्मनीमा युरोपियन च्याम्पियनसिप आयरनम्यान ट्रायथलन प्रतियोगिता जितेपछिको अवार्ड समारोहमा बियरले नुहाउँदै नर्वेका क्रिस्टियन ब्लुमेनफेल्ट।

करिनाको सुन्दरता : बलिउड अभिनेत्री करीना कपूर खान (एल) र सैफ अलि खान (डिफेन्डिङ च्याम्पियन्स, टाइगर्स अफ कोलकाताका मालिकहरू) भारतको टेनिस बल टी टेन क्रिकेट प्रतियोगिता सिजन २ को उद्घाटन कार्यक्रममा सहभागी हुँदै।

भदौ १, २०८१ आइतबार २२:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।