सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा
एजेन्सी : सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमत्ता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ।
यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ।
मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरू प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको समाचारमा उल्लेख छ।
भदौ १, २०८१ आइतबार २१:४०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।