एक वर्षमा सात लाख नेपाली विदेशिए, भित्रियो १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स
काठमाडौँ : एक वर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा उक्त रकम भित्रिएको हो।
विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १ सय ९९ जना थिए।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो।
भदौ १, २०८१ आइतबार २१:३१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।