कृषि समूहको बिल भुक्तानी गर्न नौ लाख घुस मागेको भन्दै शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध मुद्दा

कृषि समूहको बिल भुक्तानी गर्न नौ लाख घुस मागेको भन्दै शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ : कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार बराबरको दुई वटा चेक सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

आयोगले आइतबार नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। 

भदौ १, २०८१ आइतबार २१:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।