नयाँ हुन्डाई क्रेटा सार्वजनिक, मूल्य ५५ लाख ९६ हजार
काठमाडौँ : नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटा गाडीको बिक्री सुरु गरेको हो।
नयाँ हुन्डाई क्रेटा E, EPL, S(O), SX, S(O) CVT, SX Tech, SX TechCVT र SX(O) CVT भेरिएन्ट तथा ६ भिन्न रङ्गहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रहेको छ।
हरेक भूभागमा मजाले गुड्नसक्ने र प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने गाडी भएकोले यो धेरैको रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ। मीड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल भएपछि एसयूभी सेगमेन्टमा समेत आफ्नो नयाँ स्थान बनाउँदै गएको देखिन्छ।
मिडसाइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याकक्रोमग्रिल, स्लीक क्वाड बीमएलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोयह्वीलहरू रहेका छन्।
पछाडि भागमा कनेक्टिंग एलईडीटेललाइट सेट अपररी डिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतः नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ।
यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन्। ८-स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्टलाइटिंग, प्यानोरामिकसन रूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोनअटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन्
नयाँ क्रेटामा ३०भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा,सराउन्डभ्यू मोनिटर (एसभीएम ), ब्लाइन्ड-स्पटभ्यूमोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेसर मोनिटरिङ्ग सिस्टम (हाईलाइन)ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।
एडास फिचर अन्तर्गत लेन किप एन्ड फलोइङ अशिष्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यु मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन्।
१.५-लिटर पेट्रोल र१.५ –लिटर डिजेल इन्जिनहरूले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको कम्पनीले जानकारी दिएको छ। गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन्।
नेपालकै उत्तम एसयूभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ। त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरैभन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास व्यक्त गरेको छ।
भदौ १, २०८१ आइतबार १५:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।