भारत उडिन् परराष्ट्रमन्त्री राणा
काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्।
भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आइतबार बिहान परराष्ट्रमन्त्री राणा त्यसतर्फ प्रस्थान गरिन्।
उनी भदौ ६ मा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम गर्ने छिन्।
विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ।
भदौ २, २०८१ आइतबार १२:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।