छोरी घरमा नभएको मौकामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

छोरी घरमा नभएको मौकामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

काठमाडौं : महोत्तरीमा श्रीमतीको हत्या गरी एकजना फरार भएका छन्। 

महोत्तरी गाउँपालिका १ सोनखडा बस्ने ४५ वर्षीय हबिब नदाफले आफ्नो श्रीमतीको हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए। उनले शुक्रबार राति ६ वर्षकी छोरी सानिमाकोमा गएको मौका छोपी कुटपिट गरेका थिए। 

श्रीमतीलाई कुटपिट गरी मृत अवस्थामा घरमा छोडेर फरार भएपछि उनको छोरी घर फर्किएपछि शनिबार बिहान रोई कराई गर्दा स्थानीयले  प्रहरीलाई जानकारी गराएका थिए। 

समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

त्यसपछि महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगी मुचुल्का उठाएकाे थियाे। 

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। 

घटनापछि फरार भएका उनका श्रीमान्को खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए। 

भदौ १, २०८१ आइतबार १०:३१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।