पहिरोले चर्च भत्किँदा पुरिएर एक महिलाको ज्यान गयो

पहिरोले चर्च भत्किँदा पुरिएर एक महिलाको ज्यान गयो

काठमाडौं : अविरल वर्षापछि आएको पहिरोले चर्च भत्किँदा रोल्पामा एक महिलाको मृत्यु भएको छ। 

आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षकी धनजिता बुढा मगरको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए।

घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ वर्षकी नौभा घर्ती मगर घाइते भएकी छन्। 

उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ। 

उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

भदौ १, २०८१ आइतबार १०:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।