सहकारी ठगी प्रकरण : समितिले आज एकैपटक पाँच सहकारी सञ्चालकको बयान लिने

सहकारी ठगी प्रकरण : समितिले आज एकैपटक पाँच सहकारी सञ्चालकको बयान लिने

काठमाडौं : सहकारीको ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ। समितिको बैठक बिहान ११ बजेदेखि नै बस्नेछ। 

केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए। 

समितिको बैठकमा यसअघि नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरिएको छ। 

समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने भदौ ७ मा बयान लिने तयारी गरिएको छ। 

समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन सुरू गरिसकेको समिति सदस्य दाहालले जानकारी दिए।

भदौ १, २०८१ आइतबार ०९:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।