राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय सभाको बैठक आइतबार बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

कानूनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

विधेयक राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ। 

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बन्नेछ।  

भदौ १, २०८१ आइतबार ०८:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।