विपद्का घटनामा परी अहिलेसम्म १८१ जनाको मृत्यु, ४ बढी घरपरिवार विस्थापित

विपद्का घटनामा परी अहिलेसम्म १८१ जनाको मृत्यु, ४ बढी घरपरिवार विस्थापित
अकस्मात आएको बाढीका कारण थामे क्षेत्रका २० घर पूर्ण क्षतीग्रस्त भएका छन्। तर घर रित्तोहुँदा मानविय क्षती भएन। तस्बिर : नेपाल प्रहरी।

काठमाडौं :  गएको जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबारसम्म १ सय ८१ जनाको मृत्यु भएको छ। 

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेशमा ११ जना, बागमतीमा २३ जना, गण्डकीमा ४६ जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ५७ जना र सुदूरपश्चिममा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

काठमाडौं उपत्यकामा २८ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ३ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोमा परी कोशीमा ३ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ५० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय ३० वटा पशुचौपायको मृत्यु भएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन्। 

भदौ १, २०८१ आइतबार ०८:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।