साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै
काठमाडौं : साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरू हुँदैछ।
उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरू हुनेछ।
यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो। एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्।
सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।
समूह बी मा भारत, माल्दिभ्स र भुटान छन्।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
भदौ २, २०८१ आइतबार ०७:२७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।