नेपाल दिनभर, पाँच तस्बिरमा : दरबार पुनर्निर्माणमा पनि चीनकै भरदेखि प्रधानमन्त्रीका गफसम्म

नेपाल दिनभर, पाँच तस्बिरमा : दरबार पुनर्निर्माणमा पनि चीनकै भरदेखि प्रधानमन्त्रीका गफसम्म
सम्पदाको माया : भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको पुनर्निर्माण सुरु बल्ल सुरु भएको छ। पुनर्निर्माण चीन सरकारको सहयोगमा हुन लागेको हो।

काठमाडौँ : शनिवार दिनभर काठमाडौँको कोटीहोमस्थलमा शुक्रवार बेलुका प्रहरीले गरेको धरपकडको चर्चा भयो। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म त्यसैको बहसले भरिए।

उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरको सुखदुखमा शनिबार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवराज जोशीको चिकित्सकिय अनुभव प्रस्तुत गर्यो। छात्रवृति कोटामा डाक्टरी विषय अध्ययन गर्ने अवसर पाएका उनी हाल बझाङ जिल्ला अस्पतालमा अस्पताल प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

उता माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड र जनार्दन शर्माबिच पार्टी कसले फुटाउन खोजेको हो भन्ने मन माझामाझ भयो। सोलुखुम्बुमा अकस्मात् आएको बाढीको कारण हिमताल फुट्नु रहेको सरकारी टोलीले निष्कर्ष निकाल्यो। अन्य के भयो? पाँच तस्बिर :

 उद्धारमा सेना : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँमा शुक्रवार दिउँसो आएको बाढीपछि स्थानीय बाढी पीडितको सामग्री सुरक्षित स्थानतर्फ लैजाँदै नेपाली सेनाका जवान। अकस्मात आएको बाढिले सो क्षेत्रको २० घर पूर्ण क्षतिग्रस्त बनाएको थियो।

प्रधानमन्त्रीका गफ : प्रधानमन्त्री केपी शर्मा ओली शनिवार राजधानीमा आयोजित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै।

आहा हिमाल : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडाको बुकी पाटनबाट देखिएको सिस्ने, पुथा, गुर्जा, धौलागिरि, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला।

फैलँदो संस्कृति : सङ्खुवासभाको सदरमुकाम खाँदवारि बजारमा नेवार समुदायको परम्परागत लाखे नाच नाच्दै युवाहरू। नेवा देय दबूँ सङ्खुवासभाले पछिल्लो समय नयाँ पुस्तालाई नेवा कला संस्कृति सम्बन्धी तालिम दिएर संस्कृतिको संरक्षणको प्रयास गरिरहेको छ।

साउन ३२, २०८१ शनिबार २२:४९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।